काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भएको बताएका छन्। शुक्रबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले तोकिएको समयभित्र चुनाव गर्ने वा नगरिने भन्ने विषयमा संशय रहेको र समयमा निर्वाचन नभएमा स्थानीय तह नै चुनावविहीन बन्ने अवस्था आउन सक्ने बताएका हुन्।उनले तोकिएको समयमा निर्वाचन गर्न सरकारले आवश्यक गृहकार्य नगरेको धारणा राखे। पौडेलले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा गराउने सोच भए वा