काठमाडौं : छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ।छठ पर्वको मुख्य दिन नजिकिँदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगायतका स्थानमा किनमेल गर्नेहरूको घुइँचो लागेको हो। छठका लागि विशेष रूपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भए पनि उखु लगायत अन्य फलफूल भने भारत लगायतका देशहरूबाट ल्याइने गरिएको छ।बाँसका ढाकी, कोनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यिनको मूल्य पनि बढेको उपभोक्ताहरूले जना