काठमाण्डु – मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना