प्रोटोन ई.मास ५, दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०० PM
काठमाडौं  :  प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उक्त सवारीले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस र उत्कृष्ट  अफोर्डेबल कार – एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो। यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्रोटोन ई।मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको छ।