भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले मृतकका परिवारलाई तत्काल राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो। साथै,बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरी दुर्घटनाका कारण अध्ययन गर्न र सडक सुरक्षा सुधारका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ।बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ईभी मकव