कोशीमा प्रदेश प्रमुखको कुर्सी खाली, संवैधानिक अधिकार प्रयोग गर्ने निकाय अन्योलमा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०० PM
विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से  कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन्। तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा सरकारले र राष्ट्रपतिले कुनै निर्णय गरेका छैनन्। कात्तिक २४ गतेदेखि प्रदेश प्रमुखविहीन बनेको कोशीमा संवैधानिक जिम्मेवारीको व्यवस्थापनसमेत अन्योलमा परेको छ। प्रदेश प्रमुखको अनुपस्थितिले प्रदेश सरकारको दैनिक प्रशासनिक काममा तत्काल अवरोध नपर