काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २४ औं खेलमा काठमाडौं गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका हुन्। पावरप्लेमा ४ विकेट गुमाएर २१ रन मात्रै बनाएको सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्रले सम्हालिएको अर्धशतकीय पारी खेलेका हुन्। दिपेन्द्रले ४६ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले पाँचौं विकेटको लागि आरिफ शेखसँग ५