दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् । स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव आज बाँधबाट निकालिएको हो । सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपालको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले बाँधको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा चौधरीको