भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:०० AM
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र दुर्घटनाको कारणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । सरकारले दुर्घटनाप्रति गहिरो दुःख