मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका