कारको ठक्करबाट एकजनाको मृत्यु,दुई घाइते

  • शुक्रबार​ २८ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार बिहान ९बजेतिर   फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।दुर्घटनामा जिल्ला चितवन,भरतपुर महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले ०९:५४ बजे मृत घोषणा गरेका थिए ।दुर्घटनामा थप