बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:१६ AM
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ ।