महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।