मलंगवा : ईभी गाडी दुर्घटनामा परी १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा दुर्घटना हुँदा चक्रघट्टा गाउँपालिका–४ , सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो।गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ सूचना जारी गर्दै १३ जना गाउँपालिकावासीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको जानकारी गराएका छन् ।सूचनामा चक्रघट्टाका वडा कार्याल