वीरगन्ज : पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले वीरगन्जको छठघाटमा व्रतालु र भक्तजनहरुको सुरक्षामा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।छठ पूजाका लागि देशैभरि प्रसिद्धि कमाएको वीरगन्ज–१० स्थित घडीअर्वा पोखरी छठघाटमा पूजाअर्चना र दर्शनका लागि डेढ लाखभन्दा बढी व्रतालु तथा भक्तजनहरू पुग्ने गरेका छन्। शुक्रबार घडीअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग आयोजित अन्तरक्रिया बैठकमा जिल्लाका सुरक्षा प्रमुखहरूले घाटको सुरक्षा व्यवस्थालाई पूर्ण रूपमा भरपर्द