काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ ।