तिहार बिदापछि आज सेयर बजार खुल्दै

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:०० AM
काठमाडौं : नेपालीहरूको महान् चाड तिहारको लामो बिदापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित सेयर कारोबार पुन: सञ्चालन हुँदैछ। कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा परेकाले सो अवधिमा बन्द रहेको सेयर बजार आज बिहान ११ बजेदेखि खुल्दैछ।आज नियमित कारोबार हुने भएपनि भोलि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले यो साता एकदिन मात्रै कारोबार हुनेछ। सोमबारदेखि मात्रै नेप्सेको नियमित साप्ताहिक कारोबार हुनेछ।तिहार अघिको अन्तिम सेयर कारोबार दिन कात्तिक २० गते (शुक्रबार) नेप्से परिसूचक सामान्