विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी मोरङका अनुसार अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बूको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिहीबार साँझ फेला परेको हो । स्थानीयले अर्धनग्न अवस्थामा जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ र शरीरमा बाहिरी चोटपटक नदेखिएको जानकारी दिए । विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद एवं झैझगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । मृत्युको कारण खुल्न नसकेको ... The post जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला appeared first on Kalika Khabar.