काठमाण्डु – मकवानपुरको चिसापानी गढीमा बिहीबार भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको सामूहिक अन्त्येष्टी गरिने भएको छ । मृतक १४ जनाकै पोस्टमार्टम भएको र सामूहिक अन्त्येष्टी गरिने चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए। उनले मृतकको परिवारले पाउने क्षतिपूर्तिको विषयमा शुक्रबार बिहान छलफल गरिने र त्यसपछि हेटौंडा अस्पतालबाट शव लिएर जाने बताए ।