काठमाडौं : लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रशासनले आफूलाई लेहस्थित घरमै नजरबन्दमा राखेको दाबी गरेका छन् । डिसेम्बरमा तय गरिएको लद्दाख स्वायत्त पहाडी विकास परिषद् (एलएएचडीसी) को निर्वाचन स्थगित गर्न माग गर्दै प्रदर्शनमा उत्रिएपछि उनलाई नजरबन्दमा राखिएको हो ।सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भिडियो सन्देश तथा पोस्ट सेयर गर्दै वाङ्चुकले आफ्नो निवास वरिपरि दर्जनौं हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् । आफूलाई घरभित्रै बस्न मात्र सल्लाह दिइएको भन्ने सरकारी दाबीको खण्डन गर