जंगलभित्र अर्धनग्न अवस्थामा महिलाको शव फेला

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:०० AM
विराटनगर : मोरङको केराबारीमा जंगलभित्र महिलाको रहस्यमय शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा रहेको जंगलमा बिहीवार साँझ स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।केराबारी गाउँपालिका–२ फैबाकी ३१–३२ वर्षीया पार्वती लिम्बू मृत फेला परेकी हुन् । उनको शव अर्धनग्न अवस्थामा रहेको र कम्मरमुनिको भागमा कपडा नभएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रारम्भिक निरीक्षण गर्दा मृतकको शरीरमा बाहिरबाट देखिने कुनै पनि चोटपटक नपाइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले