काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछन्।लिग चरणका अन्तिम खेलहरू भइरहँदा प्लेअफको समीकरण निकै पेचिलो बन्दै गएको छ। आजको पहिलो खेल दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यी दुवै टोली प्लेअफमा स्थान सुरक्षित गर्न जितको खोजीमा मैदान उत्रनेछन्।काठमाडौँ पाँच खेलमा चार जित र एक हारसहित ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै, लिग चरणको अन्तिम खेल खेल्न ला