काठमाडौं : धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशिला बम रहेकी छन्। प्रहरीका अनुसार बिहीबार साँझ ७:०० बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित तीन