कपिलवस्तुका ५ स्थानीय तहमा आज शोक बिदा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:५१ AM
काठमाण्डु- कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्तको निधनमा जिल्लाका ५ स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन् । कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् । यी नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षद्वारा प्रकाशित शोक विज्ञप्तिमा जिल्लाले विकासप्रेमी र असल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्दै परिवारप्रति