वीरगन्ज । वीरगन्ज कारागारबाट फरार एक कैदी पाँच घण्टापछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद भुक्तान गर्दै आएका सुनिल साह तुरहा कारागारबाट फरार भएको ५ घण्टापछि पक्राउ परेका हुन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरिया घर भएका ३० वर्षीय तुरहा बिहीबार बिहान ८ः२० बजे कारागारबाट फरार भएका थिए ।