महोत्तरी: श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले 'नहाय-खाय' विधि गर्दैछन्। बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा 'नहाय-खाय' भनिन्छ।छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन्। पर्वको दोस्रो दिन भोलि शनिबार 'खर्ना' मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति 'अरवा-अरबाइन' (नुन नहालेको) खानेकुरा खाने चलन छ।त्यस्तै