आजदेखि छठ पर्व सुरु, आज ‘नहाय–खाय’

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०० AM
काठमाण्डु – तिहार सकिएसँगै शुक्रबारदेखि छठ पर्व शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट शुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ । छठ