डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०० AM
काठमाडौं : नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच कतारको दोहामा भएको भेटवार्तामा यस्तो छलफल भएको हो ।अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा भएको भेटमा डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिका विषय