काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेताहरूमाथि नाम नलिई कटाक्ष गर्दै संविधान र जनतालाई आफ्नो खल्तीमा रहेको ठान्ने गरेको टिप्पणी गरेका छन् ।बिहीबार इन्डिया टुडेको एक कार्यक्रममा बोल्दै मोदीले केही मानिस संविधान हातमा लिएर हिँड्ने गरेको भन्दै उनीहरूलाई संविधान र जनता आफ्नै खल्तीमा रहेको जस्तो लाग्ने बताएका हुन् ।उनले सत्ता बाहिर रहँदा पनि लोकतन्त्रलाई निजी सम्पत्ति ठान्ने प्रवृत्ति आश्चर्यजनक रहेको टिप्पणी गरे । उनको यो टिप्पणी कांग्रेस नेता राहुल गान्धीलगायत विपक्षी नेताहरूप्