वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

  • बिहीबार २७ कात्िक २०८३ ०३:५६ PM
टर्की – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह गरेकी छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत बिहीबार नेपाल पेभिलियनमा आयोजित औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण र खाद्य सुरक्षाका