राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनकाे लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे कर्णाली १०५ रनमा अलआउट भयाे। जसमा साेमपाल कामीले २८, हुसैन तलतले २४ रन बनाए। लुम्बिनीका कप्तान साेमपाल कामी,अभिषेश गाैतम,किशाेर महताेले र डीआरसी सर्टले २/२ विकेट लिए।