काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज बनाउन केबलकार निर्माणको काम छिटो पूरा गर्न आग्रह गरेका छन्।पाथीभरा देवीको दर्शनका लागि यतिबेला नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत दिनहुँ १० हजार भन्दा बढी तीर्थालुहरू ताप्लेजुङ आउने गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार दशैंयता दैनिक १० हजारभन्दा बढीले पाथीभरा मन्दिरको दर्शन गरिरह