हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज भएको ईभी दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।दुर्घटनाको कारण र घटनाको वास्तविक अवस्था पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्ट, भौतिक पूर्वाधार मन्त्रालय बागमती प्रदेशका इन्जिनियर निरज महत र आ