काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)तेस्रो संस्करणको २३औं खेलमा लुम्बिनी लायन्सको कसिलो ब्याटिङमा कर्णाली याक्स १०५ रनमा समेटिएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कर्णालीले लुम्बिनी लायन्सलाई १०६ रनको विजयी लक्ष्य दिएको हो। कर्णाली याक्स १९.२ ओभरमा १०५ रन बनाउँदै अलआउट भएको हो। कर्णाली याक्सका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पाँचौं विकेटको लागि सोमपालले पवन सर्राफसँग ४० रनको साझेदारी बनाएका थिए। पवन सर्राफले १२ रन बन