कोनाक्री- पश्चिम अफ्रिकी देश गिनीस्थित सिमान्दु फलामखानी परियोजनाको उत्तरी खण्ड निर्माण पूरा भएर सञ्चालनमा आएको छ। चीनको बाओउ विनिङ कन्सोर्टियमले दोस्रो उत्पादन लाइनको परीक्षण सफलतापूर्वक पूरा गरेसँगै खानी, रेलमार्ग र बन्दरगाह जोडिएको उत्तरी औद्योगिक शृङ्खला सञ्चालनका लागि तयार भएको जनाएको छ। कम्पनीका अनुसार दोस्रो उत्पादन लाइनको अन्तिम चरणमा पर्ने कन्वेयर प्रणालीको भारसहितको परीक्षण नोभेम्बर ६