काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को २३औँ खेलमा कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध १०५ रनमै समेटिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमायो। लुम्बिनीले जितका लागि १०६ रन बनाउनुपर्नेछ। कर्णालीको सुरुवात निकै खराब रह्यो। टोलीले ४.३ ओभरमा १५ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। दीपेन्द्र रावत खाता