रुपन्देही प्रहरीले सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी नृत्य प्रदर्शन गरेको आरोपमा तीन युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरूलाई सिद्धार्थनगर