काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२औं खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित हुँदा पोखरा एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिएको हो। ६ खेलमा ५ हारसहित पोखरा बाहिरिँदा समान ६ खेल खेलेको विराटनगर किंग्सको भने यो तेस्रो जित हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो। पोखराले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किंग्सले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १३६ रनसहित लक्ष्य पूरा गरेको हो।&