मलंगवा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगको छ। ६ जना घाइते भएका छन्।मृतक यात्रुहरु सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका रहेका छन् भने हाइस चालक सर्लाहीकै कविलासी नगरपालिका–८ का छन्।दुर्घटनामा परेर मृत्यु हुनेहरुमा प्रमोद यादवका २६ वर्षीय छोरा गुडु यादव, २४ वर्षीय बुहारी गायत्री देवी यादव, राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव, १६ वर्षीय छोरा सुधेश यादव, जेठा छोरा अबेधश यादवकी श्रीमती पुनम यादव, नातिन