वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

  • बिहीबार २७ कात्िक २०८३ ०५:०० PM
वीरगन्ज : वीरगन्ज–४, वीर्तास्थित वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी कसुरमा विगत ११ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका वडा नं. ४ का ३० वर्षीय सुनील साह तुराहा बिहीबार बिहान कारागारबाट भागेका थिए।तुराहालाई बाराको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित आदापुरबाट बिहीबारै दिउँसो भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा र