काठमाण्डु- कप्तान सन्दीप लामिछानेको ह्याट्रिकसहितको उत्कृष्ट बलिङमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल)को २२औँ खेलमा पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ। पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरको जितमा इसुरु उडानाले १२ बलमा अविजित २५ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे। शेहान जयसूर्या