भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

  • बिहीबार २७ कात्िक २०८३ ११:१० AM
हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी १ हप्ताभित्र प्रतिवेदन पेस गर्नेछ । समितिमा जिल्ला ट्राफिक प्रहरी