पाँच घण्टामै फरार कैदी पक्राउ गर्न पर्सा प्रहरी सफल, एसपी पवन भट्टराईको सक्रियताको प्रशंसा

  • बिहीबार २७ कात्िक २०८३ ०९:३१ AM
बीरगंज । बीरगंज कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका कैदी सुनिल साह तुराहालाई पर्सा प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ। बिहीबार बिहान कारागारमा सरसफाइका क्रममा फोहोर फाल्न जाने क्रममा कारागारको पर्खाल नाघेर फरार भएका तुराहाको खोजीमा पर्सा प्रहरीले तत्कालै सक्रियता देखाएको थियो। कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका विभिन्न नाका तथा शंकास्पद स्थानमा खोजतलास तीव्र बनाएको थियो। प्रहरीको निरन्तर परिचालन, समन्वय र सक्रियताका कारण फरार भएको पाँच घण्टा नबित्दै उनलाई भारतको बिहार जिल्ला मोतिहारी थाना आदापुर स्थित नेपाल भारत सिमा ... The post पाँच घण्टामै फरार कैदी पक्राउ गर्न पर्सा प्रहरी सफल, एसपी पवन भट्टराईको सक्रियताको प्रशंसा appeared first on Kalika Khabar.