काठमाडौं : लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ।गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको हो। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्। सबैभन्दा बढी भक्तजन पुग्ने गौरीघाटमा एकैसाथ ५ सयभन्दा बढी व्रतालुले पूज