भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सडक बुधबारको वर्षाले क्षति पुर्याएका कारण उनले बिहीबार सडकको अवलोकन गरे । त्यस अवसरमा मुख्यमन्त्री थापाले भक्तपुरको महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान