वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

  • बिहीबार २७ कात्िक २०८३ ०९:३९ AM
पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारभित्र सरसफाइको काम गर्दै आएका साह सुरक्षाकर्मीको