सन्दीपको ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ मा अलआउट

  • बिहीबार २७ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा पोखरा एभेन्जर्सले विरटानगर किंग्सलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रन बनाएर अलआउट भएको हो।  पोखराको ब्याटिङ धरापमा पार्न विराटनगर किंग्सका कप्तान सन्दीप लामीछानेले ह्याट्रिक सहित ६ विकेट लिए।  पोखरा एभेन्जर्सको लागि ओपनर ब्याटर युवराज सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। धनन्जय लक्षणले २२ &nbs