काठमाडौं : काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।बिहीबार बिहान धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एक आपसमा ठक्किँर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि शीर मेमोरियल अस्पताल बनेपा र ४ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।