काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो। सुरुवातबाटै एकपछि अर्को विकेट गुमाए पनि ओपनर युवराज साम्राले केही सम्हाले पनि अन्य ब्याट्सम्यान नचल्दा पोखरा मध्यम योगफलमा समेटियो