काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ। पोखरा एभेन्जर्सले पहिलो विकेटको रुपमा ओपनर अर्जुन कुमालको विकेट गुमायो। मार्की खेलाडी कुशल भुर्तेल डकआउट हुँदा पोखराले सुरुवाती २ विकेट सस्तैमा गुमाएको हो। पावरप्लेमा ओपनर युवराज सम्रा ३९ र अर्जुन घर्ती ५ रनमा अविजित खेलिरहेका छन्।